मुख्यमन्त्री राईद्धारा विराट ज्ञानमहायज्ञको उद्घाटन -भिडियो सहित


भोजपुर,१८ माघ ।
भोजपुरको अरुण गाउँपालिका –३ प्याउलीमा विराट ज्ञानमहायज्ञ तथा अरुण साँस्कृतिक महोत्सव २०७६ को प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । बहुउद्देश्यीय सामुदायिक भवन तथा पाठशाला निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको महोत्सवको मुख्यमन्त्री राईले आज एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्ता धार्मिक महोत्सवले सबै जातजाती विच भाइचाराको भावना जाग्रित गर्ने बताए । मुख्यमन्त्री राईले भने‘‘ जुन उद्धेश्यका साथ यो कार्यक्रमको आयोजना गर्नु भएको छ, यसमा म आयोजकलाई धेरै धन्यवाद दिन चाहन्छु, यस्ता खालका कार्यक्रमले सबै जातजाती बिच भाइचराको भावना जाग्रित गरेको छ ।’ साँस्कृतिक पाठशाला स्थापनाको लागि प्रदेश सरकारले पनि सहयोग गर्ने समेत बताए । मुख्यमन्त्री राईले भने‘ पाठशाला सञ्चालनको लागि कार्यक्रम आयोजना गर्नु भयो, तपाईहरुको पाठशाला स्थापना गर्ने लक्ष्य पुरा गर्न प्रदेश सरकार तयार छ ।’

त्यस्तै अरुण गाउँपालिकामा पाठशाला निर्माणका लागि पौवादुङमा गाउँपालिकाले १० लाख सहयोग गर्ने भएको छ । गाउँपालिका अध्यक्ष किरण राईले भने‘  हामी छिमेकी गाउँपालिकासंग सुमधुर सम्बन्ध स्थापना गर्न चाहन्छौ, यस गाउँपालिकाले लिएको पाठशाला निर्माणको काम पुरा गर्नको लागि रु. दश लाख सहयोग गर्ने घोषणा गर्दछु । ’

विभिन्न जातजातीको झाँकी सहित आयोजना गरिएको महोत्सवमा हिन्दु, किराँत, तथा बौद धर्मका गुरुहरुले प्रवचन दिने आयोजकले जनाएको छ । महोत्सव नौ दिन सम्म सञ्चालन हुने अरुण गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले जानकारी दिए । महोत्सवको अबसरमा स्वस्थ्य शिविर समेत सञ्चालन गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार