सुटिङको गाडी दुर्घटना, केकी अधिकारी घाइते


रौतहट,८माघ । समाजिक गीतको छायाँकनका लागि काठमाडौबाट रौतहट जादै गरेको गाडी दुर्घटनामा पुरेको छ ।छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो । तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि दुर्घटनामा परेको हो ।

गाडीमा रहेका नेपाली फिल्म निर्देशक पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी, फिल्म छायाँकार आलोक शुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत समान्य घाइते भएका छन् । दुर्घटनामा परेको गाडीमा ठुलो क्षति भएपनि छायाँकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेकोे कलाकार यादवले बताए ।कटहरियामा सामान्य उपचार गराएपछि कलाकारहरु अहिले आराम गरिरहेका छन् । सामाजिक सचेतना जगाउने गीत ‘घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया’ लगायत ४ वटा बजिक्का भाषाका सचेतना गितको छायाँकनका लागि उनीहरु त्यहाँ पुगेका थिए ।

सो गीतको छायाँकन भोलिदेखि ४ दिनसम्म कटहरिया, मौलापुर, फतुवा बिजयपुर लगायतका नगरक्षेत्रका विभिन्न स्थानमा हुने बताईएको छ । नेकपा प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहले बालबिवाह, दाइजो प्रथा, छोरीलाई छोरासरह पढाउने जस्ता चेतन मुलक गीतको निर्माण गरिरहेको निर्देशक झाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार