काकाको हत्या अभियोगमा जन्मकैदको फैसला


भोजपुर, २८ पुस ।
जिल्ला अदालत भोजपुरले हत्या अभियोगमा एक जनालाई जन्मकैदको फैसला सुनाएको छ । साइनोमा काका पर्ने स्थानीय ६३ वर्षीय बलबहादुर राईको कुटपिट गरि हत्या गरेको अभियोगमा भोजपुर नगरपालिका वडा नं– १० भैसीपंखाका ४३ वर्षीय शंखराज भन्न्ने श्रीकृष्ण राईलाई जन्म कैदको फैसला गरेको हो ।
अभियुक्त राईले कुटपीट गरि मारेको अभियोगमा जिल्ला न्यायाधीस गेहेन्द्रराज पन्तको इजालसले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उपदफा २ बमोजिम जन्मकैदको फैसला गरेको आदालतका नासु खड्ग भट्राईले जानकारी दिए ।
त्यस्तै अदालतले मृतकी श्रीमती महिना राईले अभियुक्त श्रीकृष्णबाट एक लाख क्षतीपूर्ती पाउने पनि फैसला गरेको छ । आफ्नै घरको सिकुवामा आराम गर्दै बसेका मृतक बलबहादुरलाई विना कारण मादक पदार्थ सेवन गरि श्रीकृष्णले कुटपिट गरि गत असोज १५ गते घाइते बनाएका थिए ।

आर्थिक अवस्था समेत कमजोर रहेका वलवहादुरलाई कुटपिट गर्ने श्रीकृष्णले फकाएर, एक वोतल रक्सीमा किनेर एक आपसमा मिलापत्र गरेकोभए पनि वलवहादुरको गत असोज १७ गते घरमै मृत्यू भएको थियो । बलबहादुरको उनको कुटाईका कारण ज्यान गएपछि परीवारको जाहेरी पछि सोहि प्रहरीले श्रीकृष्णलाई नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार