गहना लुट्न बुहारीद्वारा सासूको विभत्स हत्या, मुख्य कारण मदिरा


गुल्मी, २५ पौष । पुस १७ गते साँझ करिब साढे ५ बजे । ‘मलाई नमार, गुहार-  गुहार ’ इस्मा गाउँपालिका ३ दर्लामचौर तल्लो सिम्पाटाकी ४० बर्षिय मसुरा नेपालीले यी दुई शब्द सुनिन् । उनले सुनेका यी शब्द अरु कसैका नभई ७६ बर्षिय कौशिला विकको थियो । उनी हतारिदैँ छिमेकी विकको घरमा पुगिन् । रक्ताम्य अवस्था । अनुहार र टाउकोमा चोट । उनको मन भावविहाल भयो । मसुराले सबभन्दा पहिले घरभित्र रहेकी कान्छी बुहारी देविलाई बोलाईन् । त्यसपछि गाउँका सबै मान्छे जम्मा भए ।

गोठमा गोरु फुकेको र गोरु बान्ने ठाउँपछाडी उनी लडेकोले केहिले गोरुले हानेर लडेको अक्कल गरे । तर धेरैले यो कुरा पत्याएनन् । मसुराको उपचार तम्घासमा सम्भव नभएपछि पाल्पा रिफर गरियो । पाल्पामा पनि उपचार सम्भव नभएपछि बुटबल रिफर ग¥र्यो । तर बुटबल लैजाने रकम अभाव भयो । परिवारले कौशिलालाई पुन तम्घास ल्याए । अन्तत भाडा उठाएर भएपनि बुटबल लैजाने भनियो तर कौशिलाको ज्यान गयो । ‘चिच्याएको सुनेपछि म आए, रक्ताम्य अवस्थामा लड्नुभएको थियो ।’ मसुराले भनिन्, ‘गोरुले हानेको भनेपनि अवस्था त्यस्तो थिएन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार