भोजपुरमा हिउँमा फसेका दुई जनाको उद्धार (भिडियो पनि छ )


भोजपुर, ३० मङ्सिर ।
भोजपुरको साल्पासिलिचो गाउँपालिका–६ स्थित बलौटे भन्ज्याङमा हिउँमा फसेका दुई जनालाई प्रहरीले उद्धार गरी आफन्तलाई बुझाएको छ । खोटाङको खोटेहाङ गाउँपालिका –२ वाप्लुखा घर भएका ४९ बर्षिय प्रेम कुमार राई र निजको श्रीमती ५८ बर्षिय पदमश्वरी राईलाई साल्पापोखरी घुमेर फर्कने क्रममा गत २७ गते देखि हिउँमा पसेको जानकारी पाएसंगै प्रहरीले उनीहरुको उद्धार गरेको हो । हिमपातका कारण बिच बाटोमा फसेको जानकारी पाउनासाथ प्रहरी चौकी दोभानेको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । २८ गते प्रहरीले उद्धार गरेका उनीहरु आज भोजपुर सदरमुकाम आईपुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार