
दिङ्ला,१५ मंसीर । शिक्षाका ज्योति श्री १०८ आवाल ब्रम्हाचारी बालागुरु षडानन्द अधिकारीको आईतवार आयोजना हुने १८५ औं जन्म जयन्ती समारोहमा प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राईले आउने भएका छन् । भोजपुरको प्रदेशसभाको प्रदेश ख वाट निर्वाचित राई भोजपुरको उत्तरी व्यापारिक केन्द्र दिंलामा मुख्यमन्त्री भएको अढाई वर्षपछि पहिलो पटक आउन लागेका हुन् ।
राईले दिंलामा केहि आयोजनाहरुको अवलोकन र केहि आयोजनाहरुको शिलान्यास समेत गर्ने वताईएको छ । प्रदेश सरकारको बजेटवाट निर्माणधिन घ्याम्पे रङ्गशालाको अवलोकन राईले गर्नेछन् । त्यस्तै गरि वडा नम्वर ६ मा पर्ने अरुण नदिको लिफ्टीङ आयोजना र प्रदेश सरकारकै बजेटवाट निर्माण हुने बहुउद्देश्यिय धर्मशालाको पनि राईले शिलान्यास गर्ने र स्थानिय टुंडीखेलमा आयोजना हुने षडानन्द गुरुको जन्म जयन्ती समारोहलाई सम्वोधन गर्ने वताईएको छ । षडानन्द अधिकारीको १८५ औं जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङ्ग साथै विभिन्न ठाँउमा षडानन्द गुरुको नाममा स्थापना भएका संघसंस्थाका प्रतिनिधीहरु पनि यो पटक दिङ्लामा आई सकेकाछन् । मुख्य मन्त्री भएपछि राईको पहिलो पटक हुनलागेको दिंलाको भ्रमणलाई स्थानियले महत्वका साथ हेरेका छन् । कार्यक्रमको सम्पूर्ण तयारी पूराभएको षडानन्द सीताराम गुठीका अध्यक्ष प्रकास पौडेलले जानकारी दिए ।
शिक्षाका ज्योति, पूर्वी दर्शनका ज्ञाता तथा अष्टाङ्गयोग साधक श्री १०८ आवाल ब्रह्मचारी षडानन्द बालागुरुको जन्म जयन्ती विवाह पञ्चमीका दिन भएकोले सोहि दिन वर्षेनी सोहि दिन दिंला, ईटहरी, मोरङ, झापा, काठमाडौं लगायतका स्थानहरुमा विभिन्न कार्यक्रमहरु गरि उनको स्मरण गरि मनाईन्छ । अधिकारीको वि।सं। १८९२ मा भोजपुर जिल्लाको केउरेनीपानी -६ ९हालको षडानन्द नगरपालिका- ७० गडिगाउँमा जन्म भएको थियो ।




















