उपनिर्वाचन २०७६ : भोजपुरमा सुरक्षामा कडाई, वडा वाहिरका मानिस प्रवेशमा रोक


भोजपुर, १३ मङ्सिर।
भोजपुरको पौवादुङमा गाउँपालिका -१ श्यामशिलामा भोली(शनिबार) हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा गरिएको छ । उपनिर्वाचनलाई लक्षित गर्दै सवै सुरक्षा निकायलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए ।
वडाध्यक्ष पदको निर्वाचन भएपनि निर्वाचनलाई गम्भीर रुपमा लिदै आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाएको उनले बताए । निर्वाचनको वेला आवत जावत गर्ने सवारी साधनलाई पासको व्यावस्था मिलाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रजिअ खतिवडाले भने ‘हामीले सुरक्षाको सवै प्रबन्ध मिलाएका छौ, मतदाताले ढुक्क भएर मतदान गर्न सक्ने अवस्था छ।’ भिड बढ्ने भन्दै बाहिरका मानिसहरुलाई प्रवेशमा निषेध गरिएको छ ।‘धेरै मानिसहरुको आवत जावतले सुरक्षा चुनौती बढ्ने भएकाले राजनितिक दलहरुसंगको समन्वयमा वडाबासी बाहेक वाहिरबाट आउने मानिसहरु प्रवेशमा रोक लगाएका छौ ।’ प्रजिअ खतिवडाले भने ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख, प्रहरी नावय उपरीक्षक नरबहादुर सलामी मगरका अनुसार उपनिर्वाचनलाई लक्षित गर्दै एक सय बढी नेपाल प्रहरी परिचालन गरिएको छ । त्यस्तै ५० जना बढी सशस्त्र प्रहरी परिचालन भएका छन्, भने निर्वाचन हुने वडामा सशस्त्र प्रहरीको अस्थायी क्याम्प समेत राखिएको जनाइएको छ ।
मतदान स्थलको वाहिरी घेराको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । हाल सम्म कुनै पनि निर्वाचन विरोधी गतिविधि नभएको प्रहरीको भनाइ छ । निर्वाचनको सुरक्षा व्यवस्था प्रभावकारी बनाइएकोले सवैलाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन प्रहरीले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार