पासपोर्ट सिरानीमा राखेर कुखुरापालनमा रमाउँदै


कालिकोट, ६ मंसिर । तिलागुफा नगरपालिका ११ भैसिँगौडाका धनराज शाहीलार्ई दुवईबाट भर्खरै फर्केको अहिलेजस्तो लाग्छ । लाखौं ऋण लिएर उडेका शाहीले विदेशमा कमाइ गर्न नसकेपछि स्वदेश फर्केलगत्तै कुखुरा पालनमा जुटे । ‘ठुकुरिकोे छोरो भएर कुखुरा पाल्छस् रु जात फालिस् ।’ भन्दै उपदेश दिने समाज उनको प्रगति देखेर अहिले चुपचाप छ ।

‘पासपोर्ट सिरानीमुनि थन्क्याएको छु’ आफ्नै फर्मका कुखुरा देखाउदै उनले भने‘ ‘अब विदेश जान्न, आफ्नै देशमा दुख गरे मनग्गे कमाउछु ।’ विदेशमा २० महिना काम गरेर आएका उनले कुखुरा पालनबाट झन्डै मासिक डेढ लाखसम्म आम्दानी गरिरहेको सुनाए । दुवईमा २० महिना दःुख र कष्टमै वित्यो, १५ महिना जेलमै विताएँ वाँकी ५ महिना मात्र काम गरे । १५ महिना जेलमा विताएका पिडाहरु अहिले कुखुराको चल्लाले विर्साएको छ ।

‘कुखुराबाट निक्लिएको मल आफ्नै खेतबारीमा प्रयोग गर्छु,’ उनले भने, मलले बारी पनि हराभरा भएको छ ।’ एक हजारभन्दा बढी चल्ला पालन गरिरहेका उनले ब्रोइलर र गिरीराज दुवै जातका कुखुरा फरक टनेल नै बनाएर पाल्ने गरेका छन् । पशु, कृषिसम्बन्धी विभिन्न तालिम लिइसकेका उनले कुखुरा पाल्नमा अब्बल भइसकेको दाबी गरे ।

कुखुरा पालनको एक वर्षे अन्तरालमा धनराजले ठूलो सफलता हात पारेका छन । निरन्तर पालनमा झन्झट भए पनि उपभोक्ताले चल्लादेखि ठूलो भइसकेका कुखुरा खोरबाटै लान थालेपछि यो व्यवसाय फस्टाउँदै गएको उनको अनुभव छ । ‘पहिलो पटक कुखुरा पालन आमाबाट सिके, सुरुमा झन्झट लागे पनि कमाइ राम्रै हुन थालेपछि यसमा जोड दिँदै गए,’ उनले हुर्किरहेका चल्ला देखाउँदै भने, ‘बिस्तारै यसबारे ज्ञान बढ्दै गएपछि जाँगर चल्न थाल्यो ।’ अहिले नगरपालिकाले पनि चार लाख सम्मको सहयोग गरेको छ ।

रोजगारिको शिलसिलामा विदेशमा गएर दुखपाएर नेपाल फर्केका धनराज जस्ता अरु युवाहरुकोे प्रगति देखेपछि बिदेसिन लागेका यँहाका युवायुवती र गाउँलेसमेत हाल कुखुरा पालनमा लागेका छन ।

शान्नि त्रिवेणिगाँउपालिका ६ मेहलमुडिका २५ वर्षिय नारायण उपाध्याय मलेसियाबाट फर्केपछि पार्सपोर्ट च्यातेर कुखुरापालन व्यवसायमा जमे । ‘स्वदेशमै केही गर्न सक्छु भन्ने लाग्यो, कुखुरा पालनमा लागे यसैको आम्दानीले जीवनस्तर पनि उठ्यो,’ उनले भने, ‘सुरुमा ढंग नपुयाएकाले समस्या भयो, केही कुखुरा मरे, फेरि पछाडि फर्कनुपरेन ।’ उनले पहिलो पटकमा कमाएको नाफा बीस हजारको हौसलाले यहाँसम्म आइपुगेको बताए ।

बिदेसिनुको सट्टा कुखुरा पालन गरेर राम्रै कमाइ गरिरहेका युवायुवती हिजोआज गाउँपिच्छे भेटिन्छन । बजारमा माग बढिरहेकाले युवावर्गले ब्रोइलर कुखुरा पालनलाई बलियो व्यवासाय बनाएको तिलागुफा नगरपालिका प्रमुख रतन बहादुर शाहिले बताए ।

‘राम्री आम्दानी हुने देखेपछि कुखुरा पालनप्रति युवाको आकर्षण बढिरहेको देखिन्छ, अझै सक्र्यि बनाउन हामिले वेरोजगारि युवाहरुलाई व्यावसायिक बनाउन कृर्षि उद्योम तर्फ मात्र ४ करोड वजेट छुटाएका छौँ । धनराज जस्तै विदेश बाट फर्केर नेपालमै केहि गरौँ भन्ने युवाहरु लाई अनुदान दिने गरेकौ छौँ भर्खरै मात्र वडा नं ११ चिल्खाण रुडुका चौँरिपालन गरिरहेका युवाहरुलाई पनि अनुदान दिएका छौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार