भोजपुर – दिंला बस सरर, कति वेला छुट्छ बस ?


भोजपुुर १९ पौष ।
भोजपुर– दिंला वस सेवा सञ्चालनमा आएको छ । सरोकारवाला निकायहरु विच मंगलबार भएको छलफलले (आज) वुधवारबाट वस सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । भोजपुरबाट दिंला वजार सम्मको भाडा तीन सय २५ र दिंलाबाट सतीघाटको लागि एक सय २० रुपैंया निर्धारण गरिएको संयुक्त वुकिङ्ग इन्चार्ज महेश राईले जानकारी दिए ।

इन्चार्ज राईका अनुसार दैनिक चार ओटा वस सञ्चालनमा आउने छन् भने वस भोजपुर र दिंला दुवै ठाउँबाट विहान ७ः ३० वजे दिउसो २ः ३० वजे छुट्ने छन् । भोजपुर– दिंला सम्मको दुरी ३९ किलो मिटर छ, भने दिंलाबाट सतीघाट सम्मको दुरी ११ किलो मिटर रहेको छ । यस अघि दिंला– भोजपुर सडक खण्डमा ट्याक्सी मात्र सञ्चालनमा आउने गरेका थिए ।

ट्याक्सीको तुलनामा वसको भाडा सस्तो हुने भएकोले यात्रुहरुलाई राहत मिल्ने वस व्यावसायीहरुको भनाई छ । सो क्षेत्रमा ट्याक्सीमा यात्रा गर्दा यात्रुहरुले ५ सय रुपैया भाँडा तिर्दै आएका थिए । वस सेवा सञ्चालनमा आएसंगै स्थानिय हर्षित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार