
रौतहट, ८ कात्तिक । हत्याको आरोपमा पक्राउ परेका मोहम्मद अफ्ताब आलममाथि अनुसन्धानका लागि आठ दिनको म्याद थप गरेको छ ।
अनुसन्धान नसकिएको भन्दै प्रहरीले समय मागेपछि शुक्रबार जिल्ला अदालत, रौतहटले आलमलाई आठ दिन म्याद थप गरेको हो । यसअघि गत अदालतले आलमलाई अनुसन्धानका लागि ५ दिन म्याद दिएको थियो ।
२०६४ सालको संबिधान सभाको निर्वाचनमा रौतहट जिल्लास्थित राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी भनिएका आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।




















