भोजपुरमा नेपाल वायु सेवा निगमले उडान थप


भोजपुर, १८ पौष । नेपाल वायु सेवा निगमले भोजपुरमा उडान थप गरेको छ । यस अघि सातामा चार उडान भर्दै आएको निगमले मंगलवारबाट उडान थप गरेको हो । अव काठमण्डौ–भोजपुर सातामा सोमवार वाहेक सबैदिन उडान हुनेछ । विराटनगर भने विहिवार र मंगलवार उडान हुने निगमका भोजपुर प्रमुख नारायण पुरीले बताए ।

ग्राउन्डेड जहाज मर्मत र पाइलटको व्यवस्थाका कारण उडान थप भएको पुरीले बताए । हाल नेपाल वायु सेवा निगमले मात्र उडान गरिरहेको भोजपुरमा बुधवारबाट तारा एयरले पनि उडान शुरु गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार