
भोजपुर, १७ असोज ।
षडानन्द नगरपालिका ५, मुलपानीस्थित दशैँलाई घर छ्याप्ने क्रममा लडेर ५० वर्षीय दिपक अधिकारी गम्भीर घाईते बनेका छन् । करिब २० फिट माथिबाट लडेर अचेत बनेका अधिकारीको ढाड, पाखुरा र छातीमा गहिरो असर परेको छिमेकी निरज बस्नेतले बताए ।घाईते अधिकारीको दिङलामा उपचार हुन नसकेपछि तुम्लीङटारको मनकामना हस्पिटलमा उपचारका लागि परिवारले जनाएको छ ।




















