दक्षिण कोरियामा तलब वृद्धि, नेपाली अब कामदारले कति पाउछन् ?


दक्षिण कोरियामा कामदारको तलब वृद्धि भएको छ । सन् २०१८ का लागि सरकारले तलबमा १६।४ प्रतिशतले वृद्धि गरेको छ ।

जुलाईको अन्तिममा ज्याला निर्धारण समितिको बैठकले तलब बढाउने निर्णय गरेको थियो । गत अगस्टमा मन्त्रीपरिषदले अनुमोदन गरेको ज्यालादर नयाँ वर्षसँगै लागु हुनेछ ।

निर्धारित नयाँ पारिश्रमिक अनुसार कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वन भएको छ । दैनिक आठ घण्टाको न्यूनतम तलब १५ लाख ७३ हजार ७७० वन भएको छ । हालको विनिमय दर अनुसार उक्त पारिश्रमिक मासिक डेढ लाख रुपयाँ बढि हुनेछ ।

मजदुर संगठनहरुले प्रतिघण्टा दश हजार वन माग गरिरहेका थिए । ज्याला निर्धारण समितीले २०१७ का लागि कायम तलब भन्दा दोब्बर गरेको छ । मजदुरहरुका माग प्रति सकरात्मक देखिएका वर्तमान राष्ट्रपति मुन्जेको सरकारले तलब वृद्धिलाई प्राथमिकता दिएको छ ।

अधिकांश कम्पनीहरुमा अतिरिक्त काम पनि हुनाले कामदारहरुको मासिक कमाई सन् २०१८ मा दुई लाख रुपँया बढि हुनेछ । अतिरिक्त काम भएको अवस्थामा कामदारले प्रतिघण्टा ११ हजार २९५ वन प्राप्त गर्नेछन् ।

नयाँ तलबले स्वदेशी तथा इपिएस लागु भएका १६ देशका कामदारहरु लाभान्वित हुनेछन् । दक्षिण कोरियामा ४० हजार नेपाली युवाहरु रोजगारीका लागि पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार