दुहबी–कटहरी प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्रीको पहल शुरु


विराटनगर, १८ भाद्र । लामो समयदेखीअवरोध रहँदै आएको दुहबी कटहरी विद्युत प्रसारण लाइनको अवरोध हटाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पहलथाल्नु भएको छ ।मुख्यमन्त्री राईले बुधवार आफ्नै कार्यकक्षमायहाँको समस्या समाधानबारे सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । यसकालागिमुख्यमन्त्री राईले मोरङ क्षेत्र नं ४ का संघीय सांसद अमनलाल मोदी सहित, ग्रामथानगाउँपालिकाअध्यक्ष, उद्योगी, व्यवसायीलगायतसँग छलफल गर्नुभएको छ । यतिबेलाग्रामथानगाउँपालिकाको गिधनियाँमा प्रसारण लाइन अवरोध छ । छलफलमा प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्री राईले पहलकदमीलिने बताउनुभएको छ । यहाँको समस्या समाधान गर्न म पहलकदमी लिन्छु, मुख्यमन्त्री राईले भन्नुभयो समस्या राखेर हुँदैन, सबै मिलेर समाधानखोज्नुपर्छ । विकास निर्माणमा सबैले सहयोग गर्न पनिमुख्यमन्त्री राईले आग्रह गर्नुभयो । मुख्यमन्त्री राईले प्रसारण लाइनको समस्याअन्त्यकालागि एक दुई हप्तामै पुनः सरोकारवालानिकायहरुको बैठक बोलाउने बताउनुभयो । यसकालागिप्राविधिक सहितको टोली गठन गरेर सम्बन्धित क्षेत्रको समस्याआधिकारीक रुपमालिने पनिबताउनुभयो ।

अब यहाँको समस्याअन्त्य हुन्छ, मुख्यमन्त्री राईले भन्नुभयो विद्युतझ्याप्पझ्याप्पआउने जाने हुनुहुदैन, यसकालागिविद्युतप्राधिकरणले ध्यानदिओस् ।गतशनिबार मात्रै मुख्यमन्त्री राईले सोलु करिडोर १३२ केभी प्रसारण लाइनको अवरोध हटाउन पहल गर्नुभएको थियो । गिधनियाँको अवरोध हटाउन यहाँकाउद्योगीव्यवसायीहरुले माग गरिरहेका बेलामुख्यमन्त्री राईले अग्रसरतालिनुभएको हो । गतहिउँदमापनि कोशीकरिडोरको विवादमुख्मन्त्री राईले समाधन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार