बैशाखमा आउने भयो सृष्टिको ‘लाहुरे’


काठमाडौं । पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, नरेन लिम्बु र मिरुना मगर अभिनित चलचित्र ‘लाउरे’को प्रदर्शन मिति घोषणा भएको छ ।

निर्माण कम्पनी दुर्गिश फिल्मसले यो चलचित्रलाई बैशाख २८ गते रिलिज गर्ने निर्णय गरेको हो । पप गायकको रुपमा ख्याति बटुलेका लिम्बु यही रोमान्टिक ड्रामामार्फत अभिनेताको रुपमा डेब्यु गर्दैछन् । सुनिल रावल निर्मित ‘लाउरे’का निर्देशक विक्रमसिंह थारु हुन । रावलसँगै इश्वर श्रेष्ठ, सुवास लामिछाने र भेषमणी श्रेष्ठ चलचित्रका निर्माता हुन् ।

आलोक शुक्लाको छायांकन रहेको यो चलचित्रमा नेगेटिभ बुद्धको पटकथा छ । लाहुरेको घोषणा मितिमा ’हिरो रिटर्न्स’ र ’लम्फू’ पनि प्रदर्शनमा आउँदैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार