
भोजपुर, १३ भाद्र ।
नेपाल कम्यूनिष्ट पार्टी नेकपा पौवादुङमा भोजपुरले गाउँपालिकामा भएको तालावन्दीको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय प्रतिपक्ष पार्टी नेपाली काङग्रेसले विना कुनै आधार गाउँपालिकाको कार्य सम्पादनमा समस्या खडा गरेकोले त्यसमा पार्टीको गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
शुक्रबार बसेको पार्टीको आकस्मिक वैठकले गाउँपालिकामा कुनै पनि अवरोध गर्नु पर्ने कारण नरहेकोले त्यस्ता खालका जनतामा भ्रम छर्ने काम तत्काल रोक्न समेत सचेत गराएको छ । गाउँपालिकाले गरिरहेको कामका विषयमा आफ्नो पार्टीले पनि खवरदारी गरिरहेको जनाउदै विना आधार जनताको सेवामा वाधा पु¥याउनका लागि गरिएको उक्त गतिविधि नितिसंगत नभएको पौवादुङमा नेता तथा नेकपा भोजपुर कार्यालय सदस्य नगेन्द्र भुजेलले जानकारी दिए ।
भुजलेले भने‘ हामीले विगतमा गाउँपालिकाको विकासको लागि सवै पार्टी एकजुट भएर काम गर्दै आएको अवस्था हो तर पछिल्लो समय यो सम्वन्धलाई विगारेर साथीहरुले जनता दुःख दिने काम गर्नु गतल छ, त्यसैले सहकार्यको लागि एकजुट हुन प्रक्षिपक्ष दललाई मेरो आग्रह छ ।’
गाउँपालिकाले सञ्चालन गरेको सवै कार्यक्रममा पार्टीले निगरानी गरिरहेको वताउदै आयआर्जनका लागि विभिन्न खाले कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा गाउँपालिकाले सञ्चालन गर्न लागेको कोरियण भाषा प्रशिक्षण कार्यक्रम एक अल्पकालिन कार्यक्रम रहेकाले त्यसको विरोध गर्नु कुनै अर्थ नरहेको पार्टीले जनाएको छ ।
वैदेशिक रोजगारीलाई कम गर्नका लागि गाउँपालिकाले विभिन्न खाले कार्यक्रम सञ्चालन गरिरहेको भएपनि वेरोजगारीका कारण विदेश जाने अवस्था विद्यमान रहेकोले सुरक्षित वैदेशिक रोजगारीको विषयमा जानकारी दिनका लागि गाउँकार्यपालिकाको सभाले सर्वसम्मत पारित गरेको कार्यक्रमको विरोध गर्नुको अर्थ नरहेको समेत पार्टीले जनाएको छ
। गाउँपालिकाको व्यस्तताले केहि समय अगाडी लिएको कर्मचारीको नतिजा प्रकाशन ढिला भएको विषयलाई ठुलो वनाउनु भ्रमको खेति मात्र रहेको गाउँपालिका पार्टी इन्चार्ज किरण राईले जानकारी दिए। साथै उनले गाउँपालिकाको कार्य सम्पादन निरन्तर चलिरहेको समेत सवैलाई जानकारी गराए ।




















