सुनचाँदीको भाउ बढ्यो


काठमाडौं, १६ पौष । हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन तोलाको ५५ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा २ सय रुपैयाँ बढेको हो ।

यस्तै तोलामा ५ रुपैयाँ बढेर चाँदीको भाउ ७ सय ५० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा नै महंगो हुँदै गएकाले नेपालमा पनि भाउ बढेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार