विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले १२ वटा सुन गोहोरोसहित एक जनालाई पक्राउ गरेको छ । मोरङको सुनवर्षी नगरपालिका–८ स्थित डाइनिया–सिक्टी सडक खण्ड अन्तर्गत छोटी भन्सार कार्यालय अगाडिबाट चेक जाँच गर्ने पक्राउ परेका व्यक्तिसँग १२ वटा सुन गोहोरो फेला परेको हो । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–६ हसन्दहका ५९ वर्षीय जसबहादुर धिमाल रहेका छन् । संरक्षित वन्युजन्तुको सूचीमा रहेको सुन गोहोरोलाई साइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । उनका अनुसार पक्राउ परेका धिमाल र उनीबाट फेला परेका सुन गोहोरोलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङमा बुझाइएको छ ।
सुन गोहोरोसहित एक पक्राउ
-
भोजपुरमा सेनाको पहलमा ‘अभ्यास मनसुन–६’ सम्पन्न
-
नयाँ श्रीनाथ गण भोजपुरको पहलमा ‘अभ्यास मनसुन–छ’ सञ्चालन हुँदै
-
कृषिमा आधुनिकीकरणतर्फ पौवादुङमा : ३ सयभन्दा बढी किसानलाई ‘मिनिटिलर’
-
कोटमा ‘एक घर–एक धारा’ अभियानले नागरिकलाई सहजता
-
रामप्रसादराईद्वारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ल्यापटपसहित सम्मान
-
भोजपुरमा आमाको दूध प्रतिस्थापन गर्ने वस्तु नियन्त्रणबारे सचेतना कार्यक्रम
-
लुकेका प्रतिभा उजागर गर्न रामप्रसादराईमा ‘विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम’
-
भोजपुरका चार पत्रकार पुरस्कृत
-
हतुवागढी गाउँपालिकामा कर सम्बन्धि सेवा शुरुवात
-
भोजपुरमा रामप्रसादराई गाउँपालिकाको सबैभन्दा कम बेरुजु




















