फेरि बढ्यो सुनको मूल्य, बनायो नयाँ रेकर्ड


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । बिहीबार ९आज० छापावाल सुन प्रतितोला ७१ हजार ५ सय र तेजावी सुन प्रतितोला ७१ हजार २ सय पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबार ९हिजो० प्रतितोला ७० हजार ३ सय रुपैयाँ थियो । विगत एक हप्तादेखि निरन्तर बढेको सुनको मूल्य हिजो केही घटेको भए पनि आज एकैदिन तोलामा १२ सय रुपैयाँ बढेको हो । मूल्य बढेसँगै बजारमा सुनको कारोबार एकदमै न्यून रहेको व्यापारीहरुले बताएका छन् ।

पछिल्लो समय अमेरिका र चीनबीचको व्यापार युद्धको असर, इराक र अमेरीकाबीचको द्वन्द्व, व्यवसायीहरुबीचको द्वन्द्व र विश्व बजारमा सेयर बजार कमजोर भएको कारण सुनको मूल्य बढेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार