कहाली लाग्दो बन्दै दोलखामा सम्बन्ध विच्छेद, यस्तो छ कारण


दोलखा,१५ साउन । दोलखामा पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको छ । जिल्ला अदालत दोलखाका अनुसार पछिल्लो एक वर्षको अवधिमा मात्रै डेढसय बढीले सम्बन्ध विच्छेद गरेका छन् ।

आर्थिक वर्ष २०७५र७६ मा एकसय ५४ जनाले सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला अदालतका स्रेष्तेदार सुमनप्रसाद कुसवाहाले बताए ।उनले भने, ‘गत आर्थिक वर्षको भदौदेखि श्रीमानले श्रीमतीविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा लगाउन पाउने कानुनी व्यवस्था बनेकाले पछि दोलखा जिल्लामा मुद्दाको संख्या ५० प्रतिशतले बृद्धी भएको हो ।९६ बटा मुद्दा यसै बर्ष फर्छ्र्यौट भएको र ५८ वटा प्रकयामा रहेको स्रेष्तेदार कुसवाहाले जानकारी दिए । ‘करिब ६७ जना पुरुष वादी ९निवेदक० रहेका छन् ।’ उनले भने ।सम्बन्ध विच्छेदसम्बन्धी मुद्दामा बैदेशिक रोजगार एक मुख्य कारण भएको स्रेष्तेदार कुसवाहाको दाबी थियो । उनी भन्छन्, ‘अधिकांश महिलाले सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा दर्ता गर्दा घरायसी झगडा हुन गरेको, श्रीमानले हेला गरेको भनी लिखितमा मुद्दा दर्ता भएपनि घरायसी झगडा र बैदेशिक रोजगार नै सम्बन्ध विच्छेदको कारण बन्ने गरेको पाइएको छ ।’

झगडा वा पारिवारिक बेमेलबाट छुटकारा पाउनका लागि श्रीमतीले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराइ हाल्ने प्रचलन बढ्दै गएको कानुन व्यवसायी बताउँछन् । श्रीमान वादी ९निवेदक० रहेको सम्बन्ध विच्छेदका मुद्दामा श्रीमतीले आपूmखुसी व्यवहार गर्ने गरेको, खाना खुवाउनेदेखि अन्य काम व्यवहारमा सहयोग नगरेको, सँगै नबसेको जस्ता विषयहरु उल्लेख गर्ने गरिएका छन् ।वैदेशिक रोजगारमा रहेकाहरुको श्रीमती बालबच्चा बढाउने नाउमा बजारतिर बस्ने गरेका र बजार छिरेपछि बिस्तारै उनीहरुको परपुरुषसँग सम्बन्ध विस्तार हुँदै जाने गरेको पाइएको छ । सोही परपुरुष संगको सम्बन्धका कारण श्रीमान स्वदेश फर्कने बित्तिकै श्रीमतीले अदालतमा सम्बन्ध विच्छेदको मद्दा लगाउने गरेको पाइएको कानुन व्यवसायीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार