धनगढी बम विष्फोट अपडेट : एक जनाको मृत्यु, घाइते ४ जनाको उपचार हुँदै


कैलाली, ३ साउन । कैलालीको धनगढीस्थित सहिद गेटमा रहेको निलम होटलमा बिहीबार साँझ भएको बम विस्फोटमा घाइते एक जनाको मृत्यु भएको छ । घाईते बझाङका राम सिंहको उपचारका क्रममा गएराति मृत्यु भएको हो । थप चार जना घाइतेको माया मेट्रो अस्पतालमा उपचार जारी छ ।

विस्फोटमा होटल सञ्चालक धनगढी(४, बोराडाडीका केशवराज पाण्डे, कञ्चनपुरको बलौरी(५ का लक्ष्मण सेरला, ठेगाना नखुलेका मोबिन खान र जितेन्द्र यादव घाइते भएका थिए । प्रहरीले विस्फोट भएको स्थानवाट एउटा पेस्तोल पनि बरामद गरेको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

शुरूमा सिलिण्डर बिस्फोट भनिएपनि सो स्थानमा बम बिस्फोट भएको आशंका गरिएको छ । घटनामा नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाको सग्लनताको आशंका गरिएको छ । तर सो समूहले आफुहरूको कुनै हात नरहेको स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार