भोजपुर, १४ पौष ।
शुक्रवार (आज) बाट शुरु हुने भनिएको ‘भोजपुर रमाइलो नगर मेला २०७४’ को तयारी पुरा नहुँदा मिति सारिएको छ । स्टलको लागि आकाङ्क्षी वढी हुँदा व्यावस्थापन गर्नको लागि थप समय लाग्ने भएकोले उद्घाटन भोली (शनिवार) विहान सम्मलाई सारिएको आयोजक सामाजिक विकास सस्थाका अध्यक्ष मनोज खनालले जानकारी दिए ।
मेलामा स्थानिय उत्पादनको सामग्री, हस्तकलाको सामग्री, कृषि प्रदर्शनी, विभिन्न खेलकुद, रोटेपिङ्ग, स्वास्थ्य शिविर, लगाएत अन्य विविध कृयाकलाप हुने जनाइएको छ ।
शानिवारबाट शुरु हुने मेला माघ ६ गते सम्म सञ्चालन हुनेछ । स्थानिय उत्पादनको प्रर्दशनीसंगै, उठेको रकमबाट असक्त असाहयहरुको सहयोगमा खर्च गर्ने लक्ष्यका साथ मेलाको आयोजना गरिएको आयोजकको भनाई छ । मेलामा स्थानियसंगै धरान, विराटनगर लगाएत ठाउका राष्ट्रिय स्तर कलाकारहरुको प्रस्तुती जनाइएको छ ।