भोजपुरमा  अज्ञात समूहको गोलीप्रहारबाट एक प्रहरी र अर्का एक अज्ञात व्यक्तीको मृत्यु


भोजपुर २५ असार,। भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका सोलुखुम्बुका जिल्ला ईन्चार्ज निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतीवडाले जानकारी दिनु भयो ।

अर्का एक प्रहरी खेमनाथ भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना भए लगातै भोजपुरमा सुरक्षा व्यवस्थामा कडाई गरिएको प्रहरीले जनाएको छ ।

योपनी पढ्नुहोस

पिटरले इंग्ल्यान्डविरुद्ध सेमिफाइनलमा खेल्ने

काठमाडौं । पिटर हृयान्ड्सकोम्बले विश्वकप क्रिकेटको सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध खेल्ने भएका छन् ।

अष्ट्रेलियाका मुख्य प्रशिक्षक जस्टिन लेंगरले पिटरले सेमिफाइनलमा खेल्ने पक्का भएको बताएका छन् । उनी यसै साता साउन मार्सको स्थानमा टिममा परेका हुन् । मार्स अभ्यासको दौरानमा घाइते भएपछि विश्वकपका लागि अष्ट्रेलियाले टिममा उनलाई स्थान दिएको हो ।

आयोजक राष्ट्र इंग्ल्यान्डविरुद्ध अष्ट्रेलियाले बिहीबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछ । यो खेलमा पिटरले खेल्ने निश्चित भएको मुख्य प्रशिक्षक लेंगरले बताएका हुन् । उनले भनेका छन्, ‘म तपाईंहरुलाई साचो भन्छु । पिटरले निश्चित रुपमा खेल्ने छन् । उनले खेल्ने १०० प्रतिशत साचो हो ।’

प्रशिक्षक लेंगरले थपेका छन्, ‘उनी राम्रा खेलाडी हुन् । अष्ट्रेलियाका लागि उनले राम्रो खेलेका छन् । उनले मिडिल अर्डरमा राम्रो गर्नेछन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार