भोजपुर हातेमालो सेवा समाज युएईको क्षेत्रिय समिति बिस्तार


टिकाराम वस्नेत युएई, २१ असार ।
भोजपुर हातेमालो सेवा समाज युएईले अलऐन क्षेत्रिय समिती बिस्तार गरेको छ। ५ तारिख जुलाईमा केन्द्रिय अध्यक्ष भिम थापा को सभापतित्वमा सम्पन्न पहिलो अलऐन क्षेत्रिय अधिबेशनले हेम भण्डारी को नेत्रित्वमा १५ सदस्यिय क्षेत्रिय समिती गठन गरेको हो।

गत अप्रिल २६ तारिखमा प्रथम एकता अधिबेशन सम्पन्न गरेको भोहासेस युएईले दिपक थापा मगर को नेत्रित्वमा अबुधाबी क्षेत्रिय समिती गठन गरिसकेको छ। श्याम बिसी ले सन्चालन गरेको कार्यक्रममा प्रमुख अतिथी तत्कालिन भोसे समाज युएई का संस्थापक अध्यक्ष एवम भोहासेस युएई का सल्लहकार भक्त बहादुर तामाङ रहनु भएको थियो भने बिशेष अतिथिमा एन आर एन अलऐन सन्योजक गोपाल पौडेल रहनुभएको थियो।अतिथिमा दीपक श्रेष्ठ, प्रेम शेर्पा, छिरिङ्ग सोनम शेर्पा, राम कुमार तिरुवा, दीपक थापा मगर, अस्मी स्याङ्तान, सपना राई, दीपक थापा,मिन बिसी,दिब्या सुब्बा लगयत रहनु भएको थियो। आज चुयन गरिएका क्षेत्रिय समिती पदाधिकारीहरुमा अध्यक्ष हेम भण्डारी, उपध्यक्ष शरण तामाङ, महिला उपाध्यक्षमा सविना तामाङ, सचिब टिकाराम बस्नेत, सह सचिब मनोज बस्नेत, कोशाध्य्क्ष छिरिङ्ग लामा,सह कोसाध्यक्ष पारु राई र सदस्यहरुमा छबिलाल सुबेदी, चन्द्र बिष्ट,अस्मी राई, पाल्देन घिसिङ, सन्तोष राई, सुमन मगर, दजङ्बु शेर्पा लाई सर्बसम्मतले चुनिएका छन्। त्यस्तै क्षेत्रिय समिती सल्लहाकारमा टेक्सन गुरुङ र कुबेर राई लाई सर्वसम्मत छानिएका छन् ।

निर्वाचीत सबैलाई प्रमुख अतिथिले सपथ ग्रहण गरएका थिए । नव निर्वाचित क्षेत्रिय अध्यक्ष हेम भण्डारीले आगामी दिनमा भोजपुर र भोजपुरेहरुका लागि तन, मन, वचन र कर्मले बिसुद्ध सामाजिक सेवा भावले समाजका निम्ती समर्पित हुने बताए साथै नब निर्बाचित सचिब टिकाराम बस्नेत ले सम्मरिध समाज शिसुचित समाज निर्माण मा सधैभ लागि प्रर्ने साथै भोजपुर हातेमालो सेवा समाजले भोजपुर तथा गएर भोजपुर बासि लाई पर्ने दु ख लाई साथ सहयो गर्दै आएको र कुनै जाति भाषी धार्मीक राजनितिक नभएर निष्वार्थ समाज सेवा रहेको बताउनज भयो।अन्तमा सभापती एबम भोहासेस केन्द्रिय अध्यक्ष भिम थापा ले बिस्तारित क्षेत्रिय समिती अलऐन लाई बधाई दिदै सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरेर औपचारिक कार्यक्रमको समापन गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार