एमालेले ७५ समानुपातिक प्रदेशसभा सदस्य छान्यो(सूचीसहित)


काठमाण्डौ १३ पौष ।

नेकपा एमालेले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बठकले ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो ।

समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला छन् । प्रदेश २, ४ र ६ मा केही पुरुष छन् भने अन्य प्रदेशबाट महिला मात्र सिफारिस भएका छन् ।

प्रत्येक प्रदेशमा पार्टीले पाएको कुल सिटको ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था भएकाले समानुपातिकबाट प्रदेशसभा सदस्य हुने धेरै महिला भएका हुन् ।

एमालेले प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा १५, प्रदेश २ मा ७, प्रदेश ३ मा १६, प्रदेश ४ मा १०, प्रदेश ५ मा १३, प्रदेश ६ मा ६ र प्रदेश ७ मा ८ सिट पाएको छ ।

 

प्रदेश १

विनादेवी राई, सावित्रा जोशी, उषाकला राई, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, होमकुमारी सावाँ लिम्बू, आशा जवेगु
यशोदा अधिकारी, अम्विका थापा, सरिता थापा, सावित्रा रेग्मी , सुनिताकुमारी चौधरी, जसमाया गजमेर, बसन्तीदेवी यादव
गुलेफूल मियाँ

प्रदेश २

अनिता यादव, मञ्जु यादव, जकता रैनदेवी , सुडिन साह, नजमा खातुन, सीता गुरुङ, रवीन्द्र बैठा, डा। मनोज सिंह

प्रदेश ३

बेलीमाया घले, जुनेली श्रेष्ठ, सरस्वती बाटी, शान्ति थिङ, देवकी श्रेष्ठ, इन्द्रमाया गुरुङ, सीता लामा, आसमाया तामाङ , उर्मिला कर्माचार्य, रचना खड्का, मुनु सिग्देल, सरस्वती बस्नेत, गोमा भुर्तेल, मीना ज्ञवाली, पार्वती सिलवाल, मैना अछामी

प्रदेश ४

चन्द्रमोहन गौचन, मायानाथ अधिकारी, मित्रकुमारी गश्रङ, मीना गुरुङ, सावित्री राना, सिर्जना शर्मा, प्रभा कोइराला, पुष्पा केसी, लक्ष्मी सुनार, जुनादेवी नेपाली

प्रदेश ५

रमा घर्ती, थानकुमारी थापा, विमला शर्मा पन्थी, सरस्वती गौतम, जालपादेवी भुसाल, भगवतीदेवी भण्डारी, कृष्णा थारु
धमकली चौधरी, कमलादेवी विक, आशा स्वर्णकार, सुनिता कुमारी थठेर, चिन्तावती कुर्मी, फौजीयार नसिम

प्रदेश ६

मीनासिंह रखाल, कौशिलावती खत्री, बदमी बोहोरा, पद्मा खड्का, देवी ओली, राजु नेपाली

प्रदेन ७

माया भट्ट, मनकुमारी साउद, पूर्णा जोशी, माया तामाङ बोहोरा, सुशीला बुढाथोकी, चुनकुमारी चौधरी, दुर्गा विक, अर्चना गहतराज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार