दाङमा महिलाले खाइन् श्रीमानको मासु..


दाङ १३ पौष ।

दाङमा एक महिला आफ्नै श्रीमानको मासु पोलेर खाएको आरोपमा पक्राउ परेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका–१ की रिसमी महताराले आफ्नै श्रीमान् चन्द्रबहादुरकोे हातका औंला काटेर पोलेर खाएकी हुन् । रिसमीले मदिरा सेवन गरेको बेला श्रीमान्को दायाँ हातको चार वटा औंला काटेर खाएकी हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकास सापकोटाका अनुसार श्रीमान्को औला काटी पोलेर खाएको रिसमीले प्रहरी समक्ष बयान दिएकी छन् ।

उनलाई प्रहरीले अनुसन्धानकालागी हिरासतमा राखेको छ । श्रीमान् श्रीमती दुवै ६४ बर्षका हुन् । चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारकालागी नेपालगञ्ज रिफर गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार