
अछाम । एक युवकले आफ्नै बुवालाई चिर्पट प्रहार गरी हत्या गरेका छन् । ५५ वर्षीय मिने ढोलीलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा चौरपानी गाउँपालिका–५ लुङ्ग्रा बस्ने ३० वर्षीय प्रेम ढोलीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
चिर्पटको चोट लाग्दा मिनेको घटनास्थलमै मृत्यु भएको वैधनाथ प्रहरी चौकीले जानकारी दिएको छ । चिर्पट के कारणले प्रहार भएको हो भन्ने सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





















