संखुवासभामा खोलामा डुबेर १ महिलाको मृत्यु


संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका १ मा खोलामा डुबेर एक महिलाको ज्यान गएको छ । पाँचखपन नगरपालिका वडा नं १ ओक्तेनका प्रेम लिम्बुकी श्रीमती सर्मिला लिम्बुको बिहिबार पानीमा डुबेर ज्यान गएको वडा अध्यक्ष टेक बहादुर बुढाथोकीले बताए ।

कुसुवा खोलामा नुहाउने क्रममा २१ वर्षिय सर्मिलाको ज्यान गएको संखुवासभा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार