
श्रीमानको कुटपिट बाट अर्घाखाँचीको सितगंगा १ सुवर्णखालमा एक महिलाको ज्यान गएको छ । यसरी मृत्यु हुनेमा सितगंगा १ मन्द्रे घर्तिसारा निवासी ३४ बर्षिय बसन्ता खत्री रहेको प्रहरीले जनाएको छ । यहि जेष्ठ २० गते अत्यधिक मदिरा सेवन गरेका मृतकका श्रीमान ३५ बर्षिय बिष्णु खत्रीले आफ्नो श्रीमतीलाई सामान्य झगडा हुदा रिसको झोकमा मुखमा बक्सिङले हानेर घरको झ्यालमा टाउको ठोक्काई दिएका थिए ।
टाउको ठोक्किएर नाक ,कान बाट रगत बगेर मृत्यु भएपछि मृतकका माईती पक्षले प्रहरीमा उजुरी दिएका थिए । जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडा बाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर सोधपुछ गर्दा श्रीमती घरकै दलिनमा झुन्डिएर मृत्यु भएको भनि मृतकको घाटीमा पासो देखाउदै आफुले बचाउन पासो काटिदिएको प्रहरीलाई झुठो कुरा बताएका थिए ।
जब सदरमुकाम जिल्ला अस्पताल सन्धखर्कमा सवको पोष्टमाट्मको रिपोर्टले कुटपिट बाटै मृत्यु भएको देखाएपछि प्रहरीले सोधपुछ गर्दा तब उनले मुख खोले आफुले कुटपिट गरेर मृत्यु भएपछि घाटीमा पासो लगाईदिएको स्विकार गरे ।
आफुले मुक्कै मुक्काले हानेर झ्यालमा टाउको ठोक्काएर नाक,कान बाट रगत बगेर श्रीमतीको मृत्यु भएको स्विकार गरेका हुन् । मृतक खत्रीको अनुहारमा र शरिरको विभिन्न ठाँउमा निल डाम रहेको छ । अहिले जिल्ला अदालत बाट म्याद थप गरि अभियुक्त थुनामा रहेका छन् ।





















