अरुको श्रीमतीसंग वडाअध्यक्ष रंङ्गेहात प्रक्राउ


रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरका वडा अध्यक्ष गोपालबहादुर माझी अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि प्रहरीको खोरमा पुगेका छन । माझी तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर कुभिण्डेकै एक विवाहित महिलाले आफुहरु श्रीमान श्रीमती भएको भन्दै गएको मंसिरदेखि कोठा लिएर बसेको सुइको पाएपछि माझीकी श्रीमती कृष्णमाया र महिलाका श्रीमान कविराज श्रेष्ठ मिलेर दुवैलाई गएराति साढे एघार बजे कोठाबाट पक्राउ गरेका हुन ।

पक्राउ परेका दुवै महानगरिय प्रहरी प्रभाग ठिमीको हिरासतमा रहेको प्रहरी नायव निरीक्षक त्रिविक्रम कोइरालाले जानकारी दिए । उनीहरु विरुद्ध सोमबार बहुबिवाह मुद्धा दायर गर्ने कृष्णमाया माझीले बताईन ।

श्रीमान श्रीमतीको रुपमा बसेको प्रमाणका लागि केहि तस्विरहरु पनि कोठामा सजाएको भेटिएको छ ।गोपाल माझी र कृष्णमायाका ८ वर्षीय छोरा छन । उनी गोपालसगैं छन ।

कृष्णमाया ४ वर्ष देखि माझीसंग छैनन् । ‘मलाई कम्ती सास्ती दिएको छैन’ माझी भन्छिन्– ‘मैले पहिले देखिनै गाईगाई सुनेकी थिए, प्रमाण फेला नपारेर मुद्धा हाल्न सकेकी थिईन, अब प्रमाण भेटे मुद्धा हाल्छु ।’ गोपाल र कृष्णमाया बेग्लाबेग्लै वस्ने भएपनि सम्बन्ध बिच्छेद भएको छैन । कृष्णमायाले अर्को विवाह पनि गरेकी छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार