
भोजपुर ३ जेष्ठ ।
भोजपुर सदरमुकामका १६ पसलहरुको छड्के अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले जिल्ला प्रशासन कार्यालय भोजपुरसंग को समन्वयमा शनिवार अनुगमन गरेको हो ।
अनुगमन गरिएका किरणा तथा मिठाई पसलको अवस्था सन्तोष जनक पाएको भएपनि धेरै जसो मासु पसलहरुले भने सरसफाइमा ध्यान दिनु पर्ने देखिएको गुण नियन्त्रण कार्यालयका निमित्त प्रमुख शिवशंकर मिश्रले जानकारी दिए ।
साथै उनले त्यस्ता पसललाई सरसफाईसंगै मासु राख्ने ठाउँ जाली तथा सिसा लगाउन सचेत गराईएको समेत बताए । त्यस्तै एउटा दुग्ध उद्योगमा अनुज्ञा राखेको नपाएको तत्काल राख्न भनिएको मिश्रले जानकारी दिए । मिठाई पसलहरुलाई पनि अखाद्यहरुको रंगको प्रयोग नगर्न भनिएको अनुगमन समितिले जनाएको छ ।





















