
भोजपुर ३ जेष्ठ । नेपाल रेडक्रस सोसाईटी भोजपुरको आयोजनमा लैङिगक समानता र सामाजिक समाबेशीकरण तथा संरक्षण सम्वन्धी ३ दिने तालिम सुरु भएको छ । समुदयमा हुने गरेका सम्भावित बाल तथा महिला हिंसाका घटनाहरुको जोखिम न्युनिकरण गर्न पूर्व तयारीमा सहयोग पु¥याउने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाईटी भोजपुरका कार्यक्रम अधिकृत तेज श्रेष्ठ जानकारी दिए ।

जेष्ठ ३ गते देखि ५ गते सम्म सञ्चालन हुने तालिममा विभिन्न उपशाखाका पदाधिकारी तथा प्रभावित क्षेत्र अरुण गाउँपालिका वडा नम्वर ४, ६ र ७ का स्थानीय गरी जम्मा २४ जनाको सहभागिता रहेको छ, । जसमा १४ जना महिला र १० जना पुरुष रहेका छन् । तालिमको सहजिकरण लैंङगिक विभागका निर्देशक विपुल न्यौपानेले गर्नु हुने आयोगकले जनाएको छ । तुल बहादुर सुब्बाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काको प्रमुख अतिथ्यता रहेको थियो ।






















