
काठमाडौं २१ वैशाख । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएको छ । एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ भने डा। बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै अध्यक्ष हुनेछन् ।
संघीय परिषद्को अध्यक्षता डा। भट्टराई र केन्ऽीय समितिको अध्यक्षता यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् । पार्टी एकता घोषणा कार्यक्रम पर्सि २३ गते प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।


















