वुधवारबाट भोजपुर – धरान ट्याक्सी सञ्चालन हुदै , यस्तो छ भाडादर


भोजपुर ११ पौष ।

भोजपुर –धरान ट्याक्सी सञ्चालनमा आउने भएको छ । सगरमाथा ट्याक्सी व्यावसायी संघ भोजपुर र सुनसरी ट्याक्सी व्यावसायी भएको सम्झौता अनुसार वुधवारबाट ट्याक्सी सञ्चालनमा आउन लागेको हो । दुवै व्यावसायी संघ विच भएको निर्णय अनुसार दैनिक भोजपुरबाट तीन र धरानबाट पनि तीन ओटा ट्याक्सी सञ्चालनमा ल्याउने जनाइएको छ ।

जसको भाडादर एक हजार ५० तोकिएको भोजपुर ट्याक्सी व्यावसायी समन्वय समितिका संयोजक पावीहाङ्ग राईले जानकारी दिए । साथै उनले यातयात क्षेत्रमा रहेको विकृति विसंगतीहरुलाई नियन्त्रण गर्दै जनतालाई सहज ढंगले सेवा दिने संघ प्रतिवद्ध रहेको वताए । विभिन्न क्षेत्रका सहभागीहरुले यातयात क्षेत्रमा रहेका समस्याहरुको समाधानमा लाग्दै जनतालाई प्रभावकारी ढंगले सेवा दिन तर्फ लाग्नु पर्नेमा जोड दिएका थिए । यस अघि भोजपुर – धरान सडक खण्डमा वसले मात्र सेवा दिदै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार