मुख्यमन्त्री पोखरेलमाथी बम प्रहार


बुटवल, १६ बैसाख ।  प्रदश नंवर पाँचका मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै कम विष्फोट भएको छ । रोल्पामा अज्ञात समूहले मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रमस्थलदेखि केहि किलोमिटर टाढा बम विष्फोट गराइएको छ । नेकपाको रूकुम जिल्ला कमिटीको कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थलबाट करीब ५ किलोमिटर टाढा अज्ञात समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम शुरु भएको ५ मिनेटपछि विष्फोटको आवाज आएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमका डीएसपी दीपक थापाले विष्फोट भएको पुष्टि गर्दै अहिले घटनास्थलमा सुरक्षाकर्मी पठाइएको जानकारी दिएका छन् । उनले कार्यक्रमस्थलबाट धेरै टाढा विष्फोट भएकाले कार्यक्रम सहज रुपमा चलिरहेको पनि जानकारी दिएका छन् ।

कार्यक्रमस्थलसम्म विष्फोटको आवाज आएपछि कार्यक्रमस्थलमा केहीबेर तनाव समेत भएको बताइएको छ । यद्यपि कार्यक्रम अवरुद्ध नरोकी कडा सुरक्षाबीच जारी राखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार