आगामी वर्षको बजेटबाट सुरक्षालाई अझ प्रभावकारी वनाइन्छ : गृहमन्त्री थापा


भोजपुर,१५ बैशाख ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आगामी वर्षको बजेटबाट सुरक्षालाई अझ मजबुद वनाउने गरि काम गरिने वताउनु भएको छ । मन्त्री थापाले देशभरबाट एक हजार भन्दा बढी प्रशासनिक सेवा केन्द्र, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी स्थापना गर्नका लागि निवेदन आएको भएपनि देशको अर्थतन्त्रले धान्न नसक्ने अवस्था रहेकोले अधिकतम ठाउँमा चौकी तथा सेवा केन्द्र स्थापना गर्न आगामी वर्षमा वजेट विनियोजन गर्ने वताउनु भएको हो ।

मन्त्रीथापाले आज जिल्ला प्रशासन कार्यालय भोजपुरको भवन र जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको उद्घाटन गर्दै भन्नु भयो ‘‘भोजपुरसंगै देशभरबाट जनताले सुरक्षाको माग राख्दै सेवा केन्द्र तथा प्रहरी चौकीको माग राखेर एक हजार बढी निवेदन आएका छन्, अहिलेको सुरक्षालाई ध्यानमा राख्दै यस जिल्लासंगै अधिकतम स्थानमा स्थापना गर्नका लागि आगामी वर्षमा वजेट विनियोजन गरेर काम गर्ने तयारीमा छौ ।’’

साथै उहाँले देशलाई छिटो भन्दा छिटो समृद्ध मुलुक रुपमा स्थापित गर्ने लक्ष्यका साथ काम भइरहेको बताउदै, आगामी वर्षबाट विकास वृद्धिदर ७ प्रतिशत भन्दा बढी पुग्ने समेत बताउनु भयो । सरकारले ७ प्रतिशतको विकास वृद्धिदरको लक्ष्य लिईएको भएपनि सवैले एकजुट भएर काम गर्न सके विकासको वृद्धिदरलाई दुई अंक (डबल डिजिट)मा पु¥याउन सकिने समेत वताउनु भयो ।

उहाँले भन्नु भयो‘‘ सरकारले समृद्ध नेपाल र सुखी नेपालीको सपना पुरा गर्ने लक्ष्यका साथ काम गरिहेको छ, हामीले आमगी वर्षको विकास वृद्धिदर ७ प्रतिशत बढी पु¥याउने लक्ष्य लिएका छौ, हामी सवैले एकजुट भएर काम गर्न सके हाम्रो विकास वृद्धिदर दुई अंकमा पु¥याउन सक्छौ ।’’ उहाँले सवै स्थानीय तहले जनताको विकास र चाहना पुरा गर्ने संकल्पका साथ आफ्ना गतिविधि सञ्चालन गर्नु पर्ने धारणा राख्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार