सेक्सको आसन र समय जानौं, मानिसलाई कति चाहिन्छ सेक्स



मानव यौन गतिबिधि जटिल भए पनि यसको सामना गर्नु जरुरी छ । सम्भवत खानाको स्वाद जस्तै सेक्सको पनि आसन र समय हुन्छ । सेक्सका समयमा साना तिना गल्ती भइरहन्छन् । हाम्रो खाना पकाउने स्वाद जस्तै हाम्रो यौन चाहना पनि देश अनुसार, व्यक्ति अनुसार र दिनै पिच्छे फरकरफरक हुन्छ ।

यही कारणले सामान्य यौन जीवनलाई व्याख्या गर्ने प्रयत्न गर्नु मूर्खतापूर्ण कार्य हुनेछ । विविधता यति ठूलो छ की एउटा तथ्यांकले अधिकांश मानिसले यसलाई कसरी अनुभव गर्छ भनि निक्र्यौल गर्न ज्यादै कठिन हुन्छ । बीबीसी फ्युचरले यौन तरंगको पूर्ण आकारको तथ्यांकलाई विश्लेषण गरेको छ । हामीले वास्तवमा कति सेक्स चाहन्छौ भन्ने कुरालाई यस तथ्यांकमा समावेश गरिएको छ ।

भनिरहनु नपर्ला, धेरै चेतवानी र विरोधका बाबजुद यो तथ्यांक सार्वजनिक भएको हो । यौन स्वभावका सर्वेक्षणहरु प्राय भरपर्दो वा विश्वास गर्न लायक हुदैनन् । किनकी सेक्सलाई अझै पनि कतिपय समाजमा एउटा कलंकको रुपमा हेरिन्छ ।

सहभागीले सम्पूर्ण तथ्यलाई खुलासा नगरेका पनि हुन सक्छन् । यी तथ्यांक पूर्ण सत्य होइनन्, तर पनि २१औ शताब्दीमा यौन जीवनको सीमा इत्यादिलाई मनन गर्दा यसलाई सामान्य सूचांक वा संकेतको रुपमा लिन सकिन्छ ।

हामीले कति सेक्स चाहन्छौं

सेक्सुअल अनुकलनको तथ्यांकलाई तथ्यांकमा उतार्नु निश्चयन नै जटिल कार्य हो । समलिंगीको तथ्यांक फरकरफरक ९१ देखि १५ प्रतिशत० हुन सक्छ । विभिन्न विषयले तथ्यांकमा फरक पार्छ ।

जस्तै तपाईले कसलाई सोध्नु भएको छ रु कसरी सोध्नु भएको छ रु आर्कषण, स्वाभाव र पहिचानलाई तपाईले परीक्षण गर्नु भएको छ वा छैन रु इत्यादि । तर पनि विश्वव्यापी गरिएको एक पछिल्लो सर्बेक्षणले केही मानिसमा कत्ति पनि यौन चाहना हुदैन यसको अर्थ यो होइन की उनीहरु कहिल्यै पनि सम्बन्ध गाँसेनन् ।

अन्य सेक्सुअल ओरियन्टेसन सँगै सेक्सप्रति रुची नहुने मानिसहरुमा यौनका बारेमा तटस्थ आन्दोलन पनि सुरु भएको छ ९१ प्रतिशतमा० । सर्बेक्षण अनुसार दशमलब ४ प्रतिशत पुरुष र ३ प्रतिशत महिला यौनप्रति तटस्थ छन् ।

कोसँग गर्छौं सेक्स

एउटा गलत धारण के हो भने प्राय हुने संयोगका सेक्समा केबल पहिलो पटक भेट गरेका मानिसहरुसँग मात्र हुने गरेको छ । वास्तवमा सेक्स धेरै अनौपचारिकताको अँधेरोमा हुन्छ । सन् २००९ को एक अमेरिकी सर्बेक्षण अनुसार अज्ञात एक रातको बसाई सापेक्षिक रुपमा दुर्लभ हुन्छ ।

अर्को शब्दमा भन्नु पर्दा जनसंख्याको ५० प्रतिशतका लागि यो निकै जटिल विषय हो । तथ्यांक अनुसार २ प्रतिशतले देह व्यापारीसँग, ९ प्रतिशतले अपरिचित, १२ प्रतिशतले साथीसँग, २४ प्रतिशतले क्याजुअल पार्टनरसँग यौनसम्बन्ध राख्छन् ।

हामीले कत्तिको सेक्स गर्छौं

यो तथ्यांक अमेरिकाको ग्लोबल सेक्स सर्वेमा आधारित छ । सर्बेक्षणमा १८ वर्ष माथिका ५० हजार सहभागीलाई समावेश गरेको छ । उमेरको अन्तरसँगै यौन कार्यको आबृत्तिमा गिरावट आए पनि तपाईले अनुमान गरे जस्तो घटेको छैन ।

बृद्धरबद्धा नागरिकहरुको यौन कार्यमाथि हालै गरिएको एक अनुसन्धान ९औषतमा ७० वर्ष माथिका० मा ५० प्रतिशतले महिनामा दुई पटक र ११ प्रतिशतले हरेक साता आनन्दपूर्व यौन कार्य गर्ने गरेको उल्लेख छ । तथ्यांक अनुसार १८ प्रतिशतले गत वर्ष एक पटक पनि सेक्स गरेनन् ।

८ प्रतिशले वर्षमा एक पटक, २८ प्रतिशतले महिनामा दुई पटक, ४० प्रतिशतले सातामा एकदेखि तीन पटक र ६ दशमलब ५ प्रतिशतले सातामा ४ पटक वा सो भन्दा बढी पटक यौन सम्पर्क गर्ने गरेका छन् । तथ्यांकः जर्नल अफ सेक्स मेडिसियन

कति समयसम्म सेक्स जारी रहन्छ

समलिंगी स्त्रीले समलिंगी पुरुष वा अन्य विषमलिंगी जोडीको भन्दा कम सेक्स गरेको बताएको क्यानडा र अमेरिकाको अनलाईन सर्बेक्षणले देखाएको छ ।

स्रोत क्यानेडेली जर्नल अफ ह्युमन सेक्सुआलीटि । सर्बेक्षण अनुसार समलिंगी महिलाको यौन कार्यको समय ३० देखि ३५ मिनेट हुने गरेको छ । त्यस्तै महिला पुरुष जोडी र समलिंगी पुरुषको भने समान १५ मिनेट समय हुने गरेको छ । ८६ प्रतिशत महिला र ८० प्रतिशत पुरुषको भेजिनल सेक्स, बेलायतका ६७ प्रतिशत महिला र ८० प्रतिशत पुरुष ओरल सेक्स, बेलायतकै ३ दशमलब ५ प्रतिशत महिला ९ प्रतिशत पुरुष एनल सेक्स गर्ने सो अध्ययनले देखाएको छ ।
चरम आनन्दबारे हामीमध्ये कतिले गलत बताउछौं

चरमआनन्द वा उत्तेजनाबारे महिलाले मात्र झुट बोल्छन् भन्ने साझा धारणा छ । तर अमेरिकामा गरिएको यस पछिल्लो सर्बेक्षणले चरमउत्कर्षको बहाना पुरुषले पनि गर्ने गरेको देखाएको छ । आफू सेक्स गर्ने मुडमा नभएको तर पार्टनरको भावनलाई धोका नदिन पनि उनीहरुले यस्तो बहाना गर्ने गरेको अध्ययनमा देखिएको छ ।

आफूले बहाना गर्ने हुँदाहुदै पनि २० प्रतिशत पुरुषले आफ्ना महिलाले पनि यस्तै बहाना गरेको भ्रम पाल्छन् । स्रोत जर्नल अफ सेक्स रिसर्च । अध्ययनमा ५० प्रतिशत महिलाले र २५ प्रतिशत पुरुषले चरमआनन्दको बहाना गरेको खुलासा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार