टेम्केमैयुङ मुन्धुम अल्ट्रा ट्रेल रेस २०१९ बैशाख १४ मा हुने


भोजपुर ७ बैशाख ।
भोजपुरमा  टेम्केमैयुङ मुन्धुम अल्ट्रा ट्रेल रेस २०१९ हुने भएको छ । आगामी १४ गते हुने ट्रेलको विषयमा शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । ३८ किलोमिटरको ट्रेल टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ तीम्मा सुम्लीखा स्कुल देखि वडा नम्बर ९ पाँचधारे सम्म गरीने आयोजक संस्था रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमी भोजपुरका अध्यक्ष पावीहाङ राईले जानकारी दिए ।

प्रतियोगीतामा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने महिला तथा पुरुष धावकले क्रमश २५ हजार, २० हजार, १५ हजार, १० हजार ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् भने उद्यमान धावकले ५ हजार मेडल र प्रमाण पत्र पाउने आयोजकको भनाई छ ।

त्यस्तै ४० वर्ष माथी प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश १० हजार, ८ हजार, ५ हजार मेडल र प्रमाण पत्र पाउने छन् । टिम तर्फ भने प्रथम, दोस्रो र तेस्रो हुनेले १० हजार, ८ हजार, ५ हजार ट्रफि पाउने छन् । सहभागी हुने धावकले ११ गते सम्म नाम दर्ता गराउनु पर्ने जनाइएको छ । ट्रेलको मुख्य प्रायोजन टेम्केमैयुङ गाउँपालिकाले गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार