खुम्बुमा लेक लागेर पर्यटक भरियाको मृत्यु


सोलुखुम्बु, २३ चैत्र । खुम्बु क्षेत्र गएका एक पर्यटक भरियाको लेक लागेर मृत्यु भएको छ। महाकुलुङ गाउँपालिका १ का २१ वर्षीय जयराम कुलुङको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार कुलुङको खुम्बु पासाङल्हामु गाउँपालिका ४ थुक्लास्थित अमरबहादुर राईको होटलमा लेक लागेर मृत्यु भएको हो। हिमालयन एकतासी कम्पनीमार्फत पर्यटक भरियाको रुपमा नाम्चेबाट सगरमाथा आधारशिविर जाने क्रममा लबुचे पुग्दा बिरामी भएको बताइएको छ। बिहीबार नै कुलुङको मृत्यु भएको प्रहरीले शनिबार जानकारी दिएको हो। अहिले इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको टोली घट्नास्थल पुगी आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको प्रहरी नायव उपरीक्षक सालिग्राम शर्माले जानकारी दिए। हिमपात भएको कारण शवको उद्धारमा समस्या भएको पनि प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार