बालिका यौन दुर्व्यवहारको आरोपमा एकजना पक्राउ


जुम्ला, २० चैत्र । चार वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

जुम्ला चन्दननाथ नगरपालिका, ४ का ४८ वर्षीय श्यामराज भारतीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

उहाँका अनुसार पीडित बालिकाका आफन्तले दिएको उजुरीपछि प्रहरीले भारतीलाई पक्राउ गरेको हो ।

बालिकालाई चैत १८ गते बिहान साढे ९ बजे अशोक नमूना आधारभुत विद्यालयमा खेलिरहेको समयमा यौन दुर्व्यवहार गरेको उजुरीमा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक नवीन ओलीले पीडित बालिकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए । उनले अनुसार घटनामा थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार