
बारा, २० चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाराको हुरी प्रभावित पुरैनिया र भलुहीभरवलियाको मंगलबार निरीक्षण गर्नु भएको छ।
निरीक्षणपछि उहाँले ज्यान गुमाएका परिवारका लागि नेपाली कांग्रेसले जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत २५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले पीडितहरुप्रति राज्य गम्भीर हुन नसकेको आरोप लगाए ।
हुरी आएको तीन दिन बितिसक्दा पनि राज्यले अत्यावश्यक सेवाहरु उपलब्ध गराउन नसकेकोमा चिन्ता व्यक्त गर्दै उहाँले तत्काल राहत वितरण कार्यमा लाग्न सरकारसँग माग गरे। उनले राहतका लागि रेडक्रस जस्ता दातृ संस्थाहरुलाई सक्रिय हुन पनि आग्रह गरेका छन् ।





















