भोजपुरको सिद्धेश्वरमा गुणस्तरहिन सामाग्रीको प्रयोग गरी मध्यपहाडी लोकमार्गको निमार्ण गरेको खुलासा


भोजपुर, १० पौष ।

भोजपुरको पश्चििमी सिद्धेश्वरमा पर्ने मध्यपहाडि लोकमार्ग सडकको सोमबार अनुगमन गरीएको छ । भोजपुर नगरपालिका ४ मा पर्ने सेराखोला बाट डङ्के हुदै, स्मृती चोक, गुप्तेश्वरको सीमानामा पर्ने चम्पीरे खोलासम्मको सडक अनुगमन गरीएको हो । मध्यपाहाडि लोकमार्गमा पर्ने सो सडकमा पछिल्लो समय विकास निमार्णको काम भइरहेको छ । विकास निमार्णका क्रममा काम ढिलो भएको र निमार्णका क्रममा प्रयोग गरीएका सामाग्रीहरु गुणस्तर हिन भएको स्थानियको गुनासो बेढेपछि आज वडा अध्यक्ष लगाएतको टोलिले अनुगमन गरेको हो । अनुगमनका क्रममा स्थानियको गुनासो अनुसार नै टुटीहरु फेला परेको वडा अध्यक्ष प्रेम बहादुर भण्डारीले वताउनु भयो । निर्माण कार्यमा प्रयोग गरीएको सीमेन्ट, वालवा लगाएतका सामग्रीहरु मापडन्ड वितरित प्रयोग गरेको पाईएको भण्डारीले जानकारी दिए ।

सडक बिस्तारका क्रममा विद्युत बिस्तारका लगाी गाडिएको पोलमा क्षती पुगको र सो पोलको पूननिमार्ण सडक योजनाले नै गर्दिने इन्जिनयर रविन्द्र मर्हजनले जानकारी दिए । अुनगमनमा वडा सदस्य ज्ञान वहादुर वस्नेत, सडक आयोजनाका इन्जिनियर रविन्द्र मर्हजन, स्थानिय, सञ्चारकर्मी लगाएतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार