दुई किलो सुनसहित पक्राउ परेका ज्वलर्स सञ्चालक सार्वजनिक


कैलाली २३ फागुन, । जिल्ला प्रहरी कार्यालय, कैलालीले सुनसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी २ किलो २ सय ३२ ग्राम सुनसहित पक्राउ परेका रमेशकुमार शैजु र सिताकुमारी चौधरी छन् । शैजु धनगढी(१ का सुनचाँदी व्यवसायी हुन् भने चौधरी सोही पसलमा काम गर्छिन् । कैलालीको लम्किचुहा(३, चिसापानीमा चेकजाँचका क्रममा बुधबार राति साढे ११ बजे २ किलो २ सय ३२ ग्राम सुन र १० किलो बराबरका चाँदीका तयारी सामान बोकेर आउँदै गरेको बा १९ च ७४१३ नम्बरको जीप सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाइएको कैलालीका एसपी आभुषण तिम्सिनाले बताए । पक्राउ परेका शैजुको धनगढीको मेनरोडमा हुलाक भवन र त्यसको अगाडी एकरएक ओटा ओटा निलम सुनचाँदी गहना पसल संचालनमा रहेको छ । सैजुको गतिविधिमा शंका लागेर प्रहरीले केहिदिनदेखि निगरानी बढाएको एसपी तिम्सिना बताउँछन् । उनले सोही अनुरुप सुन बोकर धनगढी आउँदै गरेको सूचना प्राप्त हुनासाथ निजलाई बर्दियाबाट कैलाली प्रवेश गर्ने नाकामा नै नियन्त्रणमा लिएको बताए ।सैजुले बेलाबेलामा भारतबाट चोरी गरेर ल्याएको सुन खरिद गर्ने गरेको, चोरीका सुनका गहना खरिद बिक्री गर्ने गरेको लगायतका सूचना आएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार