भोजपुरमा दोश्रो मेयर कप फुटवल प्रतियोगिता शुरु, यस्तो छ, खेल तालिका !


भोजपुर, १८ फागुन ।
भोजपुर सदरमुकाममा दोश्रो मेयर कप खुल्ला पुरुष फुटवल प्रतियोगिताको शुरु भएको छ। यहि २४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको भोजपुर फुटवल संघका अध्यक्ष प्रविन कुमार सुवालले जानकारी दिए । पहिलो खेल आज विहान ८ वजेबाट भोजपुर नगरपालिका ७ र हतुवागढी गाउँपालिका विच आयोजनको भनाई छ ।

प्रतियोगितामा विजेता वन्ने टिमले ट्रफी मेडल र प्रमाण पत्रको साथमा नगद २ लाख, पाउने छ, भने उपविजेता वन्ने टिमले ट्रफी मेडल प्रमाण पत्रको साथमा नगद एक लाख पाउने छ । त्यस्तै सेमी फाइनलमा पुग्ने टिमले नगद दश हजार पाउने आयोजनले जनाएको छ । प्रतियोगिता जिल्ला फुटवल संघको आयोजना र भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन गरिएको हो ।

यसै विच खेलको उद्घाटन शत्रमा शुक्रवार कर्मचारी र जनप्रतिवि विच मैत्री पुर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कर्मचारी टिमले ६–५ गोलअन्तर जनप्रतिनिधिको टिमलाई हराएको छ । निर्धारित समयमा ३/३ गोल भएपछि खेल पेनाल्टीमा धलिएको थियो । प्रतियोगिताको भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले शुक्रवार उद्घाटन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार