ताप्लेजुङमा आफ्नै चार वर्षिय छोरीको हत्या गर्ने महिला पक्राउ


ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै ४ वर्षिय नाबालिका छोरीको हत्या गर्ने एक महिला पक्राउ परेकि छन् । मिक्वाखोला गाउँपालिका–४ स्थायी घर भई हाल फुङलिङ नगरपालिका स्थित रिजाल लाईनमा डेरा गरि बस्ने वर्ष ३२ कि पुजा चेम्जोङ लिम्बू छोरीको हत्या आरोपमा पक्राउ परेकि हुन् ।

लिम्बूले गएको शुक्रबार छोरीलाई कुटपिट गरि घाईते बनाएकोमा उपचारार्थ जिल्ला अस्पताल इलाममा सोहि दिन राती नै ज्यान गएको थियो । लिम्बूलाई इलामबाटै पक्राउ गरि ताप्लेजुङ ल्याईएको र जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाईएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव नायव उपरिक्षक संजयसिंह थापाले जानकारी दिनुभयो ।

यता १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा फक्ताङलुङ गाउँपालिका का दुई युवक समेत पक्राउ परेकाछन् । गत फागुन ९ गते फक्ताङलुङ गाउँपालिका स्थित लेलेपमा एक बिवाहमा पुगेकि १४ वर्षिय बालिकालाई एकान्त जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा स्थानीय पेम्बा ग्याबु शेर्पा र निमा छिरिङ शेर्पा पक्राउ परेका हुन् । उनिहरु माथी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार