
भोजपुर, ७ फागुन
पौवादुङमा गाउँपालिकाले भोजपुर वहुमुखी क्याम्पसका विद्यार्थीलाई खेल सामग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ ५० हजार वरावरको ब्याडमिन्टन खेल सामग्री हस्तान्तरण गरेको हो ।

क्याम्पसको ५३ औं वार्षिक अत्सवको अवसर पारेर स्वतन्त्र विद्यार्थी युनियनले मंगलवार आयोजना गरेको कार्यक्रम मार्फत गाउँपालिका अध्यक्ष किरण राईले खेल सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा वोल्दै अध्यक्ष राईले भोजपुरमा ब्याडमिन्टन खेलका राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय स्तरका समेत खेलाडी जन्मिएकाले ब्याडमिन्टन खेलमा लागेर यसको विकास गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।
साथै राईले क्याम्पसको भौतिक निर्माणको लागि पनि आफ्नो स्थानिय तहबाट सक्दो सहयोग गर्ने समेत वताए । अध्यक्ष राईले गाउँपालिकाको तर्फबाट र्याकेट, जाली, कर्क लगायत गरि ५० हजार वरावरको सामाग्री हस्तान्तरण गरेको स्वतन्त्र विद्यार्थी युनियन भोजपुरका सभापति प्रकाश शिं राईले जानकारी दिए ।


















