भोजपुरमा निर्वाचन विरोधी गातिविधि संलग्न रहेको आरोपमा पक्राउ परेका १० मध्ये ८ जना तारिकमा छुटे, २ जनाको विषयमा भने अनुसन्धान जारी


भोजपुर २ पौष ।
निर्वाचन विरोधी गातिविधिमा संलंग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा लिएका मध्ये धेरै जनालाई तारिकमा रिहाई गरेको जनाएको छ । निर्वाचन विथोल्न भुमिका खेलेको अरोपमा जिल्लाको विभिन्न ठाउबाट नियन्त्रणमा लिएको १० मध्ये ८ जनालाई तारिकमा रिहाई गरेको हो ।

प्रहरीले भोजपुर सदरमुकाम, शिद्धेश्वर छिनामखु, वोया लगाएत विभिन्न ठाउबाट उनिहरुलाई नियन्त्रणमा लिएको थियो । निर्वाचन मतपरिणाम सार्वजनिक भएसंगै उनिहरु तारिकमा छुटेका हुन् । पक्राउ परेका अन्य २ जनाको विषयमा भने मुद्धा चलिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्पेक्टर चरित्र विक्रम कार्कीले जानकारी दिए ।

उनिहरुलाई निर्वाचनको समय विभिन्न ठाउमा वम विष्फोट गराएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनिहरुलाई एक÷ एक हजार धरौटी लिएर तारिकमा छाडिएको सहयक प्रमुुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार