निर्वाचित सासंद घरदैलोसंगै विजयी सभामा व्यास्त ..


फोटो क्याप्सनः भोजपुरको दक्षिणी घोरेटारको विजयी सभालाई सम्वोधन गर्न गएका माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य सुदन किराँती, एमालेबाट प्रदेश सभा तर्फ भोजपुर(क) का प्रदेश सभा सदस्य राजेन्द्र कुमार राई र भोजपुर(ख) का प्रदेश सभा सदस्य शेरधन राईलाई एकताको स्वरुप एउटै मालामा वाध्दै मतदाताहरु ।

भोजपुर, २९ मंसिर
विजयी भए लगतै भोजपुरका सांसदहरु विजयी सभासंगै घरदैलो कार्यक्रममा व्यास्त वनेका छन् । प्रतिनिधी सभा र प्रदेश सभामा निर्वाचनमा विजयी भएपछि मतदाताहरुलाई धन्यबाद दिन साथै उनिहरुको विकास निर्माण लगाएको विषयमा प्रतिक्रिया लिने उद्धेश्यले उनिहरु घरदैलो अभियानमा लागेका हुन् ।

वामगठवन्धनबाट प्रदेश सभा तर्फ भोजपुर (क) मा निर्वाचत एमालेका राजेन्द्र कुमार राई, भोजपुर (ख) निर्वाचित एमालेकै शेरधन राई र प्रतिनिधी सभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका सुदन किराँती लगाएतका नेता तथा कार्यकर्ताको टोलीले जिल्लाको विभिन्न ठाउमा विजयी सभामा गरेको हो । विजयी संसादहरुले जिल्लाको स्वास्थ्य शिक्षा, यातयात विद्युत, खानेपानी लगाएत समस्याको समाधनको लागि एक भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।

साथै जनताले वाम गठवन्धनलाई विस्वास गरेर भोजपुर जिल्लासंगै देशभर दिएको मतलाई कुनै पनि हालतमा दरुप्रयोग नगर्ने विजयी सांसदहरुको भनाई छ ।

मंसिर २३ गते निर्वाचनको मत परिणाम घोषणा भए लगतै वाम गठवन्धनका सवै उमेद्धवारले सफतलता हासिल गरे पछि निर्वाचन अघी ल्याएका एजेण्डा र प्रतिबद्धता लिएर जनतालाई धन्यवाद दिन मतदाता समक्ष पुगेका हुन् ।

गत २५ गते भोजपुर सदरमुकामको टुडिखेलबाट सुरु भएको विजयी सभा २७ गते षडानन्द नगरपालिकाको दिङला बजार, अरुण गाउपालिको प्याउली, विहिबार हतुवागढि गाउँपालिकाको घोरेटार बजार हुँदै विहिवार आमचोक गाउँपालिकामा सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार