करिव ६ घण्टा पछि मोवाइल सेवा शुरु


भोजपुर, २८ मंसिर ।
अप्टिकल फाइवरमा समस्या हुँदा भोजपुर सहित चार ओटा जिल्लामा दिनभर अवरुद्ध रहेको नेपाल टेलिकमको मोवाइल सेवा साँझ ५ः३० बाट सुचारु भएको छ ।

अप्टिकल फाइवरमा आएको समस्याको कारण भोजपुर, धनकुटा, तेह्रथुम र संखुवासभामा अवरुद्ध रहेको मोवाइल सेवा करिव ६ घण्टा पछि सुरु भएको हो । धनकुटामा विछ्याएको अप्टीकल फाइवरमा समस्या हुँदा विहीवार दिउसो १२ वजेबाट मोवाइल सेवा अवरुद्ध भएको दुरसञ्चार कार्यालय भोजपुरका प्राविधिक रमेश सुवेदीले जानकारीदिए ।

दिनभर मोवाइल सेवामा समस्या भए पनि लेनलाइन र एडिएसल लगाएत अन्य सेवामा भने समस्या नरहेको कार्यालयको भनाई छ । अप्टिकल फाइवरमा समस्या भई ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति टेलिकमले दुख प्रकट गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार