भोजपुरमा गठवन्धन वाहेक सवैको जमानत जफत, कुन कुन दलको गयो जमानत!!


भोजपुर, २८ मंसिर ।
भोजपुरमा १५ जनाको जमानत जफत भएको छ । प्रतिनिधी र प्रदेश सभा सदस्यका लागि भोजपुरबाट उम्मेदवार बनेका वाम र लोकतान्त्रिक गठवन्धनका ६ जना वाहेका सवैको जमानत जफत भएको हो । भोजपुरबाट प्रतिनिधी सभाका लागि आठ , प्रदेश सभा सदस्यको लागि भोजपुर (क) मा सात र प्रदेश सभा सदस्य तर्फ भोजपुर(ख) मा ६ गरी २१ जनाले उमेदवारी दिएका थिए ।

उम्मेदवार बनेका २१ जना मध्ये उनिहरुको जमानत निर्वाचन ऐन अनुसारको मत ल्याउन नसकेका हुनाले जफत भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा–७१ को उपदफा–१ बमोजिम १५ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद पोखरेलले वताए ।
निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको निर्वाचन पोखरेलको भनाई छ । ऐनमा गरिएको व्यवस्था अनुसार प्रतिनिधिसभा सदस्यतर्फ ६ , प्रदेश सभा सदस्य तर्फ भोजपुर(क) मा ५ र भोजपुर(ख)बाट ४ जनाको जमानत जफत भएको हो ।
भोजपुरमा प्रतिनिधी सभा तर्फ लोकतान्क्रिक गठबन्धनबाट नेपाली काङगे्रस, बाम गठबन्धनबाट माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टि, नेपाल कम्पुनिष्ट पार्टि माले, नयाँ शक्ति नेपाल, मंगोल नेशनल अर्गनाइजशन, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र संघीय लोकतान्त्रिक मञ्चले सहभागीता जनाएका थिए । भने प्रदेश सभा सदस्य तर्फ भोजपुर(क) मा बाम गठबन्धनबाट नेकपा एमाले, लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, जनसमाजवादी पार्टी नेपाल, मंगोल नेशनल नाइजेशन, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, संघीय लोकतान्त्रिक मञ्चले सहभागीता जनाएका थिए ।
त्यस्तै भोजपुर (ख) तर्फ बाम गठबन्धनबाट नेकपा एमाले, लोकतान्क्रिक गठबन्धनबाट नेपाली काङगे्रस, नेपाल कम्पुनिष्ट पार्टि माले, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, संघीय लोकतान्त्रिक मञ्च, संघीय खम्बुवान लोकतान्त्रिक पार्टि नेपालले सहभागीता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार